एक हप्ता भित्र सुनको मूल्य ६ हजार रुपैयाँले बढ्यो

एक हप्ता भित्र सुनको मूल्य ६ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २७ । एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार बढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।

यस्तै मंगलबार पुनः बढेर एक लाख २३ हजार रुपियाँ पुगेको महासङ्घले जनाएको छ । बुधबार एक लाख २३ हजार पाँच सय रुपियाँ पुगेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख २५ हजार रुपियाँ पुगेको छ । फागुन लागेसँगै बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । फागुन ३ गते तोलाको एक लाख १६ हजार पाँच सय रुपियाँ रहेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा बढ्दै शुक्रबारसम्म बढेर एक लाख २५ हजार रुपियाँ पुगेको महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले रुस र युक्रेनको युद्धका कारण सुनको मूल्य बढ्दै गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले आगामी दिनमा समेत थप बढ्ने देखिएको उनले जानकारी दिए । विगतका वर्ष लगनको सिजनमा ४० देखि ५० किलो सुन खपत हुने गरेकोमा अहिले दैनिक १५ देखि २० किलोमा झरेको उनको भनाइ छ ।

Published Date: 10 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास