अफगानिस्तानमा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु

अफगानिस्तानमा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु : Icon Khabar

अफगानिस्तान, फागुन २६ । पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले शनिबार बताएका छन्।

दिलाराम जिल्लालाई प्रान्तीय राजधानी जरन्ज सहरसँग जोड्ने सडकमा शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको घटनास्थलमै मृत्यु भएको र एक बालकसहित अन्य तीन जना घाइते भएको अधिकारीले बताए ।

अफगानिस्तानमा बुधबारको दुर्घटनामा पूर्वी गजनी प्रान्तमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।अफगान अधिकारीहरूका अनुसार त्रुटिपूर्ण ड्राइभिङ, भिडभाडयुक्त सडक, यात्राको क्रममा सुरक्षा उपायहरू अवलम्बन नगरिनु र जीर्ण राजमार्गहरू सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

राष्ट्रिय ट्राफिक अधिकारीहरूको पछिल्लो तथ्याङ्कले गत दश महिनामा अफगानिस्तानमा सडक दुर्घटनामा परी एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको र चार हजारभन्दा बढी घाइते भएको देखाएको छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2024
Website | + posts