कसले जित्ला यो पटकको भक्तपुर कप ? पाण्डुबजार फ्रेन्डशीप क्लब या सामाजिक युथ क्लब ?

कसले जित्ला यो पटकको भक्तपुर कप ? पाण्डुबजार फ्रेन्डशीप क्लब या सामाजिक युथ क्लब ? : Icon Khabar

भक्तपुर, फागुन २६ । तेश्रो भक्तपुर कप २०८० को फ़ाइनलका खेल आज हुँदैछ।

आज पाण्डुबजार फ्रेन्डशीप क्लब र सामाजिक युथ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। आजको समापन समारोह बिहान ११ बजे हुने आयोजक भक्तपुर युवा टीमले जानकारी दिएको छ।

प्रतियोगिताको पहिलो हुन सफल टीमलाई नगद रु एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भैरहेको छ।

प्रतियोगितामा कुल १६ वटा टीमहरुको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टीमहरु रहेका थिए । भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए । आजको समापन समरोहमा सांगीतिक प्रस्तुति पनि रहनेछ।

Published Date: 09 March 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक