इन्डोनेसियामा बाढी र पहिरोमा परेर ३ जनाको मृत्यु

इन्डोनेसियामा बाढी र पहिरोमा परेर ३ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, फागुन २६ । अत्याधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ। घटनामा १० जना बेपत्ता भएका छन्। स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन्।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपतकालीन इकाईका प्रमुखले बताएका छन्।

बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौं मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए। ‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अनय नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने।

सुकमाले बिहीबारबाट बाढी सुरु भएपनि अहिले पानी कम हुन थालेको र विपद् प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, औषधि र अन्य सामग्री पुर्याइएको जानकारी दिए।

Published Date: 09 March 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक