तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा पाण्डुबजार फ्रेण्डशीप क्लब र झौखेल युनाइटेड विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा पाण्डुबजार फ्रेण्डशीप क्लब र झौखेल युनाइटेड विजयी : Icon Khabar

भक्तपुर, फागुन २२ । तेश्रो भक्तपुर कप २०८० अन्तर्गत आज क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन्। आज पहिलो खेलमा पाण्डुबजार फ्रेण्डशीप क्लबले शुन्यका विरुद्ध चार गोल गरी आयोजक भक्तपुर युवा टिम लाई फराकिलो अन्तरले पराजित गरेको हो ।

त्यसैगरी आजै दोश्रो खेलमा भने झौखेल युनाइटेड विजयी भएको छ । द राइजिंग ग्रुप बुङ्गा युवा क्लवलाई शुन्यका विरुद्ध एक गोल गरी झौखेल युनाइटेड विजयी भएको हो ।

आजको खेलमा उत्कृष्ट खेलाडीका रूपमा पाण्डुबजार फ्रेण्डशीप क्लबका युवराज ढकाल र झौखेल युनाइटेडका जनक कोइराला घोषित भए। त्यसैगरी उदयीमान खेलाडीका रूपमा पाण्डुबजार फ्रेण्डशीप क्लबका उत्तम शाही र झौखेल युनाइटेडका स्टेपफेन घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts