कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता : Icon Khabar

काठमाडौँ, फागुन २२ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज(मंगलबार) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे।

नयाँ गठबन्धन बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए।

सोमबार कांग्रेससहितको सत्ता गठबन्धन लत्याएर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायत रास्वपासहितको नयाँ गठबन्धनमा सामेल भएका थिए। त्यसपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको थियो।

सत्ता गठबन्धनको प्रमुख घटकका रूपमा रहेको कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अब सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Published Date: 05 March 2024






ताजा
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
समूह ‘एच’: सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल
असारका लागि नेपालका वाणिज्य बैंकहरूले घटाए ब्याजदर


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न