सुनको भाउ हालसम्मकै उच्च मूल्यमा

सुनको भाउ हालसम्मकै उच्च मूल्यमा : Icon Khabar

काठमाडौँ, फागुन २२ ।  मंगलबार सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसअघि सुनको भाउ प्रतितोला १ लाख २२ हजार रुपैयाँसम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको महासँघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लाे समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ