राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेका उम्मेदवारलाई जिताउने सहमति

राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेका उम्मेदवारलाई जिताउने सहमति : Icon Khabar

काठमाडौं, फागुन २२ । चार राजनीतिक दलबीच राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवारलाई जिताउने सहमति भएको छ।

नयाँ सत्ता समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार राजनीतिक दलको बैठकले गरेको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो।

फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको चर्चाकाबीच माओजादीलए अध्यक्ष पदका लागि आफ्नै उम्मेदवार घोषणा गर्ने भनेपछि दुई राजनीतिक दलबीच तिक्तता चुलिएको हो ।

Published Date: 05 March 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै