राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेका उम्मेदवारलाई जिताउने सहमति

राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेका उम्मेदवारलाई जिताउने सहमति : Icon Khabar

काठमाडौं, फागुन २२ । चार राजनीतिक दलबीच राष्ट्रिय सभाका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेका उम्मेदवारलाई जिताउने सहमति भएको छ।

नयाँ सत्ता समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादीका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार राजनीतिक दलको बैठकले गरेको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो।

फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुँदैछ। राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको चर्चाकाबीच माओजादीलए अध्यक्ष पदका लागि आफ्नै उम्मेदवार घोषणा गर्ने भनेपछि दुई राजनीतिक दलबीच तिक्तता चुलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने