आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम

आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम : Icon Khabar

काठमाडौँ, फागुन २० । साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हाे।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम रहेकाे थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। महासंघका अनुसार शुक्रबार १३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 03 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास