आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम

आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम : Icon Khabar

काठमाडौँ, फागुन २० । साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हाे।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम रहेकाे थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। महासंघका अनुसार शुक्रबार १३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ