इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी : Icon Khabar

काठमाडौँ, फागुन २० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो।

लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा गोल गरेको थियो। लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए। जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ। नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औँ स्थानमा छ।

यसैगरी प्रिमियर लिगमा चेल्सी र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। उता, वेस्टह्यामले भने एभर्टनमाथि ३-१ गोलको जित पक्का गरेको छ। त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३-० कै नतिजामा स्तब्ध बनायो।

टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३-२ गोल अन्तरले जित निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न