इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी : Icon Khabar

काठमाडौँ, फागुन २० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो।

लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा गोल गरेको थियो। लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए। जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ। नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औँ स्थानमा छ।

यसैगरी प्रिमियर लिगमा चेल्सी र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। उता, वेस्टह्यामले भने एभर्टनमाथि ३-१ गोलको जित पक्का गरेको छ। त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३-० कै नतिजामा स्तब्ध बनायो।

टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३-२ गोल अन्तरले जित निकालेको छ।

Published Date: 03 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास