नामिबियाविरुद्ध नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्दै

नामिबियाविरुद्ध नेपालले टस हार्‍याे, पहिले ब्याटिङ गर्दै : Icon Khabar

काठमाडौँ, फागुन १८ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ ।

टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन् ।

नेपालको टोली :

आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख

नामिबियाको टोली :

मलान क्रुगर, माइकल भान लिंगेन, जेपी कोट्जे, जान फ्रिलिंक, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज, पिटर ब्लिगनट, बेन शिकोंगो

Published Date: 01 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास