बंगलादेशको रेष्टुराँमा आगलागीः ४३ जनाको जलेर मृत्यु

बंगलादेशको रेष्टुराँमा आगलागीः ४३ जनाको जलेर मृत्यु : Icon Khabar

ढाका, फागुन १८ । बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार राजधानी ढाकामा बिहीवार स्थानीय समय अनुसार राति करिब १० बजे एक रेष्टुराँमा लागेको आगलागी फैलिदा उक्त संख्यामा मृत्यु भएको हो ।

सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौंलाई आसपासका अस्पतालमा लगिएको थियो । बंगलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।

सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए । आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको दमकल बिभागले जनाएको छ ।

Published Date: 01 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास