साम्बाले वाफको फाइनल नखेल्ने, यस्तो छ कारण

साम्बाले वाफको फाइनल नखेल्ने, यस्तो छ कारण : Icon Khabar

काठमाडौं, फागुन १६ । सावित्रा भण्डारी ‘साम्बा’ साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्राफ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् । एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको छ ।

फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् । फाइनल खेल विहिबार राति ९ः ४५ बजेदेखि शुरु हँुदैछ । सावित्राले जारी वाफ प्रतियोगितामा सर्बाधिक ९ गोल गरेर सर्बाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

Published Date: 28 February 2024
ताजा
अमेरिकाको इरानमाथि पुनः भीषण हवाई आक्रमण, मध्यपूर्वमा तनाव थप चुलियो
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउण्डको भाउ कति?
पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज बिहीबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय