साम्बाले वाफको फाइनल नखेल्ने, यस्तो छ कारण

साम्बाले वाफको फाइनल नखेल्ने, यस्तो छ कारण : Icon Khabar

काठमाडौं, फागुन १६ । सावित्रा भण्डारी ‘साम्बा’ साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्राफ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् । एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको छ ।

फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् । फाइनल खेल विहिबार राति ९ः ४५ बजेदेखि शुरु हँुदैछ । सावित्राले जारी वाफ प्रतियोगितामा सर्बाधिक ९ गोल गरेर सर्बाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न