त्रिकोणात्मक टी–२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

त्रिकोणात्मक टी–२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै : Icon Khabar

काठमाडौं, फागुन १५ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी–२० सिरिज आज (मंगलबार) देखि शुरु हुँदैछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् ।

त्रिभुवन विश्व बिद्यालय खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् । आइसीसीको टी–२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2024
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता