नेपालले गुमायो सातौँ विकेट, भुर्तेल ६६ रनमा आउट

नेपालले गुमायो सातौँ विकेट, भुर्तेल ६६ रनमा आउट : Icon Khabar

काठमाडौं, फागुन १३ । आईसिसी विश्वकप लिग- २ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौँ विकेट गुमाएको छ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल व्यक्तिगत ६६ रनमा आउट भए। उनी क्याच आउट भए। उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो।

कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए। ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २२ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024
Website | + posts