परराष्ट्रमन्त्री साउदको भारत भम्रणः राम मन्दिर दर्शन गर्न आज अयोध्या जाँदै

परराष्ट्रमन्त्री साउदको भारत भम्रणः राम मन्दिर दर्शन गर्न आज अयोध्या जाँदै : Icon Khabar

काठमाडौँ, फागुन १२ । रायसिना डायलगमा भाग लिन भारत पुगेका नेपालका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी) आज अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न जान लागेका छन् ।

उनले अयोध्याको बहुचर्चित राम जन्मभूमिस्थित राम मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । राम मन्दिर दर्शन गर्ने मन्त्री साउद नेपाल सरकारका पहिलो प्रतिनिधी पनि हुने छन् ।

मन्दिर क्षेत्रमा परराष्ट्रमन्त्री साउदलाई श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासिचव चम्पत राय सहितका अन्य पदाधिकारीहरुले स्वागत गर्ने जनाईएको छ । परराष्ट्रमन्त्री साउदले राम मन्दिरमा चाँदीले बनाइएको तीर धनुष, गदा, र अन्य शृगांरका सामाग्रीहरु चढाउने छन्।

परराष्ट्रमन्त्रि साउद आजै साँझ सरयु घाटमा हुने आरतिमा समेत सहभागी हुनेछन् भने उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि पुजा गर्ने र आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि पूजाअर्चना र दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ ।

Published Date: 24 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय