भक्तपुरको सिपाडोलमा मृत अवस्थामा मानिस फेला

भक्तपुरको सिपाडोलमा मृत अवस्थामा मानिस फेला : Icon Khabar

भक्तपुर, फागुन ११ । तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज सूर्यविनायक नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी बसन्त पाठकका अनुसार ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार उनी यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएका थिए । तर घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएका थिए । त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो ।

उनी मृत अवस्थामा फेला परेपछि अपराध अनुसन्धान विभाग र नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी पाठकले जानकारी दिए ।

Published Date: 23 February 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न