आठ नेपालीलाई अमेरिकाले गर्‍याे डिपोर्ट, घटनाबारे बुझ्दै प्रहरी

आठ नेपालीलाई अमेरिकाले गर्‍याे डिपोर्ट, घटनाबारे बुझ्दै प्रहरी : Icon Khabar

काठमाडौँ, फागुन ११ । अमेरिकाले अवैध रूपमा आफ्नो देशभित्र बसोबास गरिरहेका आठ नेपाली नागरिकलाई ‘डिपोर्ट’ गर्दै विमान चार्टर गरेर नेपाल पुर्‍याइदिएको छ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बिहीवार अमेरिकी चार्टर्ड जहाजले उनीहरूलाई काठमाडौं छाडेर गएको जानकारी दिएका छन् । ‘उनीहरूलाई पहिले पक्राउ गरेर कैदमा राखेर र त्यसपछि डिपोर्ट गरेर नेपाल पठाएको देखिन्छ,’ उनले सुनाए, ‘सम्भवतः उनीहरू अवैध बाटो हुँदै अमेरिका छिरेका थिए ।’ अमेरिकी चार्टर्ड विमानले उनीहरूलाई बिहीवार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेर गएको उनले बताए ।

विश्वका विपन्न देशहरूबाट अवैध रुपमा पानमाको जंगल हुँदै मेक्सिको भएर अमेरिका छिर्ने ‘तल्लो बाटो’ प्रयोग हुँदैआएको छ । डिपोर्ट गरिएका यी आठ नेपाली पनि त्यही बाटो भएर अमेरिका छिरेको आशंका गरिएको छ । मानव तस्करहरूले पछिल्लो समय नेपाली नागरिकलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन् । जसमा ३० देखि ६० लाखसम्म लिने गरेका अधिकारीहरू बताउँछन् । यसअघि पनि नेपालबाट यही बाटो अवैध रुपमा अमेरिका छिरेका नागरिक डिपोर्ट हुँदै आएका घटनाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2024
Website | + posts