आठ नेपालीलाई अमेरिकाले गर्‍याे डिपोर्ट, घटनाबारे बुझ्दै प्रहरी

आठ नेपालीलाई अमेरिकाले गर्‍याे डिपोर्ट, घटनाबारे बुझ्दै प्रहरी : Icon Khabar

काठमाडौँ, फागुन ११ । अमेरिकाले अवैध रूपमा आफ्नो देशभित्र बसोबास गरिरहेका आठ नेपाली नागरिकलाई ‘डिपोर्ट’ गर्दै विमान चार्टर गरेर नेपाल पुर्‍याइदिएको छ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बिहीवार अमेरिकी चार्टर्ड जहाजले उनीहरूलाई काठमाडौं छाडेर गएको जानकारी दिएका छन् । ‘उनीहरूलाई पहिले पक्राउ गरेर कैदमा राखेर र त्यसपछि डिपोर्ट गरेर नेपाल पठाएको देखिन्छ,’ उनले सुनाए, ‘सम्भवतः उनीहरू अवैध बाटो हुँदै अमेरिका छिरेका थिए ।’ अमेरिकी चार्टर्ड विमानले उनीहरूलाई बिहीवार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेर गएको उनले बताए ।

विश्वका विपन्न देशहरूबाट अवैध रुपमा पानमाको जंगल हुँदै मेक्सिको भएर अमेरिका छिर्ने ‘तल्लो बाटो’ प्रयोग हुँदैआएको छ । डिपोर्ट गरिएका यी आठ नेपाली पनि त्यही बाटो भएर अमेरिका छिरेको आशंका गरिएको छ । मानव तस्करहरूले पछिल्लो समय नेपाली नागरिकलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन् । जसमा ३० देखि ६० लाखसम्म लिने गरेका अधिकारीहरू बताउँछन् । यसअघि पनि नेपालबाट यही बाटो अवैध रुपमा अमेरिका छिरेका नागरिक डिपोर्ट हुँदै आएका घटनाहरू छन् ।

Published Date: 23 February 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न