नेपाल ‘ए’ र क्यानडा–११ बीचको निर्णायक खेल आज

नेपाल ‘ए’ र क्यानडा–११ बीचको निर्णायक खेल आज : Icon Khabar

काठमाडौं, फागुन १० । नेपाल ‘ए’ र क्यानडा–११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बिहीबार) हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ ।

यसअघि खेलेको पहिलो खेल क्यानडा– ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ‘ए’ ले जित हासिल गरेको थियो । १–१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्नेछ ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ । नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ‘ए’ टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग–२ को तयारी स्वरूप नेपाल ‘ए’ सँग खेलिरहेको छ । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग–२ को यात्रा शुरु गर्दैछ । आजको खेलपछि क्यानडा युएई जानेछ ।

Published Date: 22 February 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय