‘महाजात्रा’ : पैसा व्यवस्थापनको सकस नै फिल्मको कथा

‘महाजात्रा’ : पैसा व्यवस्थापनको सकस नै फिल्मको कथा : Icon Khabar

काठमाडौं, फागुन १० । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे । अर्थात निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन्। ती मध्येका एक हुन् निर्देशक भट्टराई।

नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ नपाईरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित गर्‍यो । उनी अहिले जात्राको तेस्रो श्रृंखला ‘महाजात्रा’ प्रचारप्रसारमा जुटेका छन् ।

‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् । शृङ्खालाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्नेमा उनी जानकार निर्देशक भट्टराईले टिजर सार्वजनिक गर्दै फिल्मको विषयलाई प्रस्ट्याएका छन् ।

अघिल्ला श्रृंखला झैँ यसपटक पनि पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या नै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । ‘महाजात्रा भएकाले कथा,प्रस्तुतीकरणमा उत्तिकै ध्यान दिएका छौँ । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’, निर्देशक भट्टराईले भने।

फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ मार्फत उनले यसपटक आम मानिसको समस्यालाई उजागर गर्ने बताए ।

‘महाजात्रासम्म आइपुग्दा झनै परिपक्क भएका छौं । यसकारण पनि दर्शकको माया पाउनेमा विश्वस्त छौं’, अभिनेता झाले भने ।

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको बताए ।

‘अघिल्ला शृङ्खला भन्दा प्राविधिक पक्षमा मात्र नभई विषयवस्तु र कथामा पनि बलियो बनाउन कुनै कसर बाँकी राखेका छैनौँ’, अभिनेता बानियाँले भने ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ ।

अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ ।

नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्। फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले विदेशमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन हुने बताए । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

Published Date: 22 February 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता