गुडविल कन्सल्ट १९ औं वर्षमा प्रवेश

गुडविल कन्सल्ट १९ औं वर्षमा प्रवेश : Icon Khabar

काठमाडौँ, फागुन १० । गुडविल कन्सल्ट प्रा. लि. कमलपोखरी काठमाडौँले बुधबार एक कार्यक्रमकाबीच आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ।

शैक्षिक भिसा, पार्टनर भिसा, भिजिट भिसा, पारिवारिक भिसाका साथ साथै नेपालबाटै स्किल्ड माईग्रेशन भिसाको भिसा आवेदन तथा डकुमेन्टेशन सेवाका लागि विसं २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई विदेश जान इच्छुक ब्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टले आफ्नो सफल १८ वर्ष हिजो पूरा गरि १९ औं वसन्तमा प्रवेश गरेको हो।

विविध भिषामा विदेश जाने सपना बुनेकाहरुको सपना साकार गर्ने कामको यति लामो समय पार गर्न सफल हुनुमा गुडविलको पेशागत इमानदारीता, ट्रान्सपरेन्सी, सहि सुझाव तथा निर्देशनसँगै योग्य भिसा आवेदक चयन गर्ने क्षमता भएको संस्थाले बताएको छ।

संस्थाका अनुसार आवेदकले आफु जान चाहेको देशको भिसा प्रक्रियाबारे स्वयंले राम्ररी बुझेर आफू योग्य ब्यक्त भए मात्र भिसा प्रक्रिया अगाडि बढाउन सुझाउने कुरा बताएको छ ।

पुतलीसडक जस्तो कन्सल्टेन्सीको भीडभाड भएको स्थान भन्दा टाढा कुमारीहल नजिक धोबिधारा मार्गमा बसेर आफ्नो सफलतम १८ वर्ष पुरा गर्नुमा गुणस्तरीय सेवा दिने गुडविलको अठोट र कडा मिहिनेत भएको बताएको छ।

सोहि अवसरमा लामो समयको यात्रामा संस्थालाई विश्वास गर्ने भिसा आवेदक, शुभेच्छुक, शुभचिन्तक लगायत सबैमा आभार व्यक्त गरेको गुडविल कन्सल्टका प्रबन्ध निर्देशक प्रविण शाहीले जानकारी दिए।

Published Date: 22 February 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली