नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार

नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार : Icon Khabar

काठमाडौँ, फागुन ९ । घरेलु टोली नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नामिबियालाई जिताउन कप्तान जेराल्ड एरास्मसले अर्धशतक पारी खेले । ५६ बल खलेका उनले ८ चौका र २ छक्काको मदतमा ५२ रन जोडे । साथै, जेजे स्मिथ ३४ रनमा नटआउट रहे । त्यसअघि मिचेल ३१ रनमा क्याच आउट भए ।

बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्याे । नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनालले भने खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले समान चार/चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान १/१ विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो दाेस्राे खेलमा भने नेदरल्याण्डमाथि ९ विकेटकाे सानदार जित दर्ता गर्याे । अब नेपालले सिरिजमा अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ ।

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास