नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार

नामिबियाविरुद्ध नेपालकाे लगातार दोस्रो हार : Icon Khabar

काठमाडौँ, फागुन ९ । घरेलु टोली नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नामिबियालाई जिताउन कप्तान जेराल्ड एरास्मसले अर्धशतक पारी खेले । ५६ बल खलेका उनले ८ चौका र २ छक्काको मदतमा ५२ रन जोडे । साथै, जेजे स्मिथ ३४ रनमा नटआउट रहे । त्यसअघि मिचेल ३१ रनमा क्याच आउट भए ।

बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्याे । नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनालले भने खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले समान चार/चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान १/१ विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो दाेस्राे खेलमा भने नेदरल्याण्डमाथि ९ विकेटकाे सानदार जित दर्ता गर्याे । अब नेपालले सिरिजमा अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू