गभर्नर अधिकारीकाे राजीनामाकाे माग गर्दै लघुवित्त पीडित बालुवाटार पुगे

गभर्नर अधिकारीकाे राजीनामाकाे माग गर्दै लघुवित्त पीडित बालुवाटार पुगे : Icon Khabar

काठमाडौँ, फागुन ९ । देशभरका लघुवित्त पीडितहरु बालुवाटारमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन् । पीडितहरुले न्याय नपाएको भन्दै काठमाडौं आएर प्रदर्शन शुरु गरेका हुन् । लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै आएका छन् ।

बुधवार देशभरका लघुवित्त तथा वित्तीय पीडितले काठमाडौंको गौशालाबाट करिव ३ हजार पीडितहरू जम्मा भएर बालुवाटार पुगेर प्रदर्शन गरेको बताएका छन् । पीडितहरु गौशालाबाट कालोपुल हुँदै वालुटारसम्म पुगेका थिए । सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झक्झकाउन काठमाडौं आउनुपरेको बताए ।

पीडितहरुले हाम्रो माग पूरा गर,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर,दिदी बहिनी ठग्न पाइँदैन,धितो लिलाम फुकुवा गर,वित्तीय संस्था खारेज गर,वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।

Published Date: 21 February 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै