सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

सितापाइलामा एकै परिवारका ३ जना मृत फेला : Icon Khabar

काठमाडौँ, फागुन ९ । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्। एक जना अन्दजी डेढ दुई वर्ष र एक जना अन्दाजी ७/८ वर्षका छन्। उनीहरूमाथि धारिलो हतियार प्रयोग भएको छ। श्रीमान भने फरार छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Published Date: 21 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक