आसिफको १२औ ओडीआई अर्धशतक

आसिफको १२औ ओडीआई अर्धशतक : Icon Khabar

काठमाडौँ, फागुन ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पुरा गरेका छन् ।

उनले १७औ ओभरमा छक्का प्रहार गर्दै ५५ बलमा अर्धशतक पुरा गरेका हुन् । उनको यो नेपालका लागि ओडीआइमा १२औ अर्धशतक समेत हो । उनले हालसम्म ८ चौका र १ छक्का प्रहार गरेका छन् ।

उनलाई कुशल मल्लले साथ दिइरहेका छन् । कुशल २५ बलमा १९ रन बनाएर खेलिरहेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।  नामिबियाका लागि बर्नार्ड स्कोल्जले दुई तथा ज्याक ब्रासेलले एक विकेट लिएका छन् ।

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास