आसिफको १२औ ओडीआई अर्धशतक

आसिफको १२औ ओडीआई अर्धशतक : Icon Khabar

काठमाडौँ, फागुन ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पुरा गरेका छन् ।

उनले १७औ ओभरमा छक्का प्रहार गर्दै ५५ बलमा अर्धशतक पुरा गरेका हुन् । उनको यो नेपालका लागि ओडीआइमा १२औ अर्धशतक समेत हो । उनले हालसम्म ८ चौका र १ छक्का प्रहार गरेका छन् ।

उनलाई कुशल मल्लले साथ दिइरहेका छन् । कुशल २५ बलमा १९ रन बनाएर खेलिरहेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।  नामिबियाका लागि बर्नार्ड स्कोल्जले दुई तथा ज्याक ब्रासेलले एक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू