आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, फागुन ९ । आज २०८० फागुन ९ गते बुधबार, तद्अनुसार २१ फेब्रुअरी २०२४ । आज माघ शुक्ल द्वादशी (११ः४५ बजेसम्म), प्रदोष व्रत, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, सूर्योदय बिहानः ६ः३६ बजे, सूर्यास्त साँझ १७ः५८ बजे ।

आजको राशिफल

मेष: यात्रा मनोरञ्जक रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । साथीहरुसंग सुखद समय बित्ने छ ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । मनोरञ्जनका लागि समय पाइने छ । रचनात्मक कार्य सफल रहने छ ।

मिथुन: अप्रिय खबर प्राप्त हुनसक्छ । व्यस्तता बढ्ने छ । परिवारसंग समय मनोरञ्जनमा बित्ने छ ।

कर्कट: थकान तथा कमजोरी रहन सक्छ । खान–पानमा विशेष ध्यान दिनु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

सिंह: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । यात्रा मनोरञ्जक रहने छ । व्यापार लाभदायक रहने छ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ । कुनै मनोरञ्जक कार्यक्रमको अंग बन्नु हुनेछ ।

वृश्चिक: टाढाबाट राम्रो समाचार प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता कायम रहने छ ।

धनु: योजना फलीभूत हुनेछ । लेन–देनमा हतार नगर्नु होला । सवारीसाधन, मेशीन तथा अग्नीको प्रयोगमा गृहिणीहरुले सावधानी अपनाउनु होला ।

मकर: कानूनी वाधा हट्ने छ । लाभको अवसर हात पर्नेछ । यात्रा मनोरञ्जक रहने छ ।

कुम्भ: साथी तथा आफन्तको सहयोग पाइने छ । प्रसन्नता रहने छ । स्वास्थ्य कमजोर रहने छ ।

मीन: बुद्धिको प्रयोगले कुनै पनि समस्याको समाधान गर्न सक्छ, यो कुरा याद राख्नु होला । लाभको अवसर हात पर्नेछ । समय सुखमय व्यतीत हुनेछ ।

Published Date: 21 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास