नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी

नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी : Icon Khabar

भक्तपुर, फागुन ८ । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता मदरल्याण्ड स्कुल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।

माध्यमिक तहको खेलमा उपविजेता यूनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ फस्ट रनरअपको शिल्ड प्राप्त गरेका थिए । माध्यमिक तहको सेकेन्ड रनरअपमा ग्लीटर फ्यूचर स्कुल र क्वालिटी स्कुल हुन सफल भएका थिए । आधारभूत तहको सेकेन्ड रनरअपको उपाधि क्वालिटी स्कुल र आरक्षण नेसनल स्कुलले जित्न सफल भएका थिए । त्यसै गरी फेयर प्ले टिमको उपाधि माध्यमिक तहतर्फ पारीजात विद्याकुन्ज स्कुल र आधारभूत तहतर्फ जागृति विदा सदन स्कुलले पाएका थिए ।

साथै माध्यमिक तहको उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलका खेलाडि निश्चल सुनुवार भएका थिए भने उत्कृष्ट गोलकिपर यूनिटी स्कुलका खेलाडि आशिष थापा भएका थिए । आधारभूत तहको उत्कृष्ट खेलाडि ईडेन गार्डेनका अमित मिजार भएका थिए भने उत्कृष्ट गोलकिपर मदरल्याण्ड स्कुलका खेलाडि एकिन कासुला भएका थिए ।

उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा, नेशनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का, उपाध्यक्ष राम प्रसाद खाताखो लगाएतले शिल्ड र मेडल प्रदान गर्नु भएको थियो ।

अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा भक्तपुरका नेसनल प्याव्सन सदस्य विद्यालयबाट माध्यमिक र आधारभूत तह गरी जम्मा ३२ वटा खेल समूह सहभागि रहेको जानकारी संयोजक सुमन शिल्पकारले दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू