जति हेरेपनि धित नमर्ने पोखराको सुन्दर बेगनास ताल (फोटो फिचर)

जति हेरेपनि धित नमर्ने पोखराको सुन्दर बेगनास ताल (फोटो फिचर) : Icon Khabar
तस्बिर: संजीव घिमिरे (पोखरा लेखनाथ)

पोखरा, फागुन ८ । बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो ठूलो ताल मानिन्छ।

सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ। यस तालले कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ।

७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ। यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ।

बेगनास ताल संगै रहेको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ। यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केही हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ। बेगनास तालको कयों क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेती गर्ने गरिन्छ।

बेगनास ताल पोखरा शहरको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो। यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाइन्छ। फेवा ताल पछि सबै भन्दा धेरै पयर्टक आउने यही ताल हो। यस तालमा मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिन्छ। साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सथको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन गरिन्छ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ। यो तातो पानीमा फस्टाउने अफ्रिकन जातको माछा हो, नेपालको रैथाने जाती भने हैेन। यहाँ पाइने स्थानिय माछाहरूमा रहु, नैनी, भाकुर, सहर, हिलेमाछा आदी पदर्छन्। पोखरामा बेगनास ताल भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन्।

Published Date: 20 February 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय