जति हेरेपनि धित नमर्ने पोखराको सुन्दर बेगनास ताल (फोटो फिचर)

जति हेरेपनि धित नमर्ने पोखराको सुन्दर बेगनास ताल (फोटो फिचर) : Icon Khabar
तस्बिर: संजीव घिमिरे (पोखरा लेखनाथ)

पोखरा, फागुन ८ । बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो ठूलो ताल मानिन्छ।

सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ। यस तालले कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ।

७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ। यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ।

बेगनास ताल संगै रहेको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ। यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केही हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ। बेगनास तालको कयों क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेती गर्ने गरिन्छ।

बेगनास ताल पोखरा शहरको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो। यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाइन्छ। फेवा ताल पछि सबै भन्दा धेरै पयर्टक आउने यही ताल हो। यस तालमा मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिन्छ। साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सथको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन गरिन्छ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ। यो तातो पानीमा फस्टाउने अफ्रिकन जातको माछा हो, नेपालको रैथाने जाती भने हैेन। यहाँ पाइने स्थानिय माछाहरूमा रहु, नैनी, भाकुर, सहर, हिलेमाछा आदी पदर्छन्। पोखरामा बेगनास ताल भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन्।

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक