भक्तपुरमा यहि फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान संचालन हुने

भक्तपुरमा यहि फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान संचालन हुने : Icon Khabar

भक्तपुर, फागुन ८ । भक्तपुरमा दादुरा–रुबेला खोप अभियान २०८० फागुन १३ गतेदेखि २३ गतेसम्म संचालन गरिने भएको छ ।

दादुरा–रुबेला खोप अभियानअन्तर्गत २०८०।८१ भक्तपुर नगरपालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लक्षित समूह यस खोप अभियानबाट बञ्चित हुन नहुने बताउँदै भनपाभित्रका सबै बालबालिकाहरुलाई खोपको सुनिश्चितता गर्ने बताए।

राज्यले बालबालिकालाई स्वस्थ राख्न विभिन्न रोगविरुद्धको खोपमा सरकारले सम्पूर्ण खर्च व्यहोर्दै आएको बताउँदै उनले सरकारले निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको खोपमा बालबालिकाको पहुँच पु¥याउनु आवश्यक भएको बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप अभियान सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताए।

नेपाल सरकारको उच्च प्राथमिकतामा परेको दादुरा–रुबेला खोप ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुमा लगाइने बताउँदै उहाँले खोप अभियानको उद्देश्य, अवस्था र उपलब्धीबारे प्रस्तुतीकरण देखाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो