भक्तपुरमा यहि फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान संचालन हुने

भक्तपुरमा यहि फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान संचालन हुने : Icon Khabar

भक्तपुर, फागुन ८ । भक्तपुरमा दादुरा–रुबेला खोप अभियान २०८० फागुन १३ गतेदेखि २३ गतेसम्म संचालन गरिने भएको छ ।

दादुरा–रुबेला खोप अभियानअन्तर्गत २०८०।८१ भक्तपुर नगरपालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लक्षित समूह यस खोप अभियानबाट बञ्चित हुन नहुने बताउँदै भनपाभित्रका सबै बालबालिकाहरुलाई खोपको सुनिश्चितता गर्ने बताए।

राज्यले बालबालिकालाई स्वस्थ राख्न विभिन्न रोगविरुद्धको खोपमा सरकारले सम्पूर्ण खर्च व्यहोर्दै आएको बताउँदै उनले सरकारले निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको खोपमा बालबालिकाको पहुँच पु¥याउनु आवश्यक भएको बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप अभियान सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताए।

नेपाल सरकारको उच्च प्राथमिकतामा परेको दादुरा–रुबेला खोप ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुमा लगाइने बताउँदै उहाँले खोप अभियानको उद्देश्य, अवस्था र उपलब्धीबारे प्रस्तुतीकरण देखाएका थिए।

Published Date: 20 February 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय