नेपाल ‘ए’ को रोमान्चक जितसँगै सिरिज बराबर

नेपाल ‘ए’ को रोमान्चक जितसँगै सिरिज बराबर : Icon Khabar

काठमाडौँ, फागुन ८ ।  नेपाल ए ले क्यानडा–११ लाई पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको हो। क्यानडा–११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि बसिर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बसिरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।

त्यसैगरी नेपाल ए का बलर शाहब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २–२ विकेट लिएका थिए। त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए।

यो नेपाल ए टिमको पहिलो जित हो। यो जितपछि नेपाल ए ले क्यानडा–११ बीचको सिरिजमा १–१ को बराबरी गरेको छ। अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल बिहिबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने