नेपाल ‘ए’ को रोमान्चक जितसँगै सिरिज बराबर

नेपाल ‘ए’ को रोमान्चक जितसँगै सिरिज बराबर : Icon Khabar

काठमाडौँ, फागुन ८ ।  नेपाल ए ले क्यानडा–११ लाई पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको हो। क्यानडा–११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि बसिर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बसिरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।

त्यसैगरी नेपाल ए का बलर शाहब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २–२ विकेट लिएका थिए। त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए।

यो नेपाल ए टिमको पहिलो जित हो। यो जितपछि नेपाल ए ले क्यानडा–११ बीचको सिरिजमा १–१ को बराबरी गरेको छ। अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल बिहिबार हुने छ।

Published Date: 20 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास