खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक

खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक : Icon Khabar

काठमाडौँ, फागुन ८ । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः

– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ।

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन्।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ।

– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।

– करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ।

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ। – एजेन्सी

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक