काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक

काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक : Icon Khabar

भक्तपुर, फागुन ८ । काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक रवि हाडाबाट गाइएको गीत ‘तिम्रो रुप’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको पुरै छायाङ्कन काश्मिरमा गरिएको छ ।

म्यूजिक भिडियो भक्तपुरको च्वछेँबाट काश्मिर पुगेका शेरसिंह र उनको पुर्वजन्मकी प्रेमीका शहनाजको अतृप्त आत्माको प्रेमकथामा आधारीत भई बनाइएको छ ।

‘खासमा यो म्यूजिक भिडियोलाई काश्मिरको प्राकृतिक सुन्दरतासँगै हेर्न मज्जा लाग्ने खालको मात्र बनाउने खोजेको छु । काश्मिरको प्राकृतिक सुन्दरतालाई एउटा कथामा बाँधिदिएको मात्र हो’ म्यूजिक भिडियोका निर्देशक राजेश हाडाले भने ।

म्युजिक भिडियोमा अलि हरर फिल पनि दिन खोजिएको छ ।

२०५२ सालमा ‘दि गोल्डन गेट’ नामक म्यूजिक एलबममा रिलिज भएको गीतलाई रि एरेन्ज र रि रीकर्डिङ समेत गरी म्यूजिक भिडियोको रुपमा सार्वजनिक गरिएको हो ।

‘२०५२ सालमा ४ ट्र्याकको रेकर्डिङ मेसीनमा रेकर्ड गरेको थिएँ । अहिले अकस्टिक बाजाहरु नै राखेर नयाँ ढङ्गले फेरी एरेन्ज र रेकर्डिङ गरेको हो’ संगीतकार राजेशले जानकारी दिए ।

म्यूजिक भिडियोमा गीतका संगीतकार, संगीत संयोजक र म्यूजिक भिडियो निर्देशक राजेश हाडाको साथमा कलाकार रन्जना सितिखुले अभिनय गरेका छन् । छायाङ्कन यश हाडाले गरेका छन् भने दृश्य सम्पादन पनि राजेशले नै गरेका छन् ।

गीतमा शब्द हरिहर तिमिल्सिनाको रहेको छ । गीत हाडा ब्रदर्श युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

Published Date: 20 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास