काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक

काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक : Icon Khabar

भक्तपुर, फागुन ८ । काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक रवि हाडाबाट गाइएको गीत ‘तिम्रो रुप’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको पुरै छायाङ्कन काश्मिरमा गरिएको छ ।

म्यूजिक भिडियो भक्तपुरको च्वछेँबाट काश्मिर पुगेका शेरसिंह र उनको पुर्वजन्मकी प्रेमीका शहनाजको अतृप्त आत्माको प्रेमकथामा आधारीत भई बनाइएको छ ।

‘खासमा यो म्यूजिक भिडियोलाई काश्मिरको प्राकृतिक सुन्दरतासँगै हेर्न मज्जा लाग्ने खालको मात्र बनाउने खोजेको छु । काश्मिरको प्राकृतिक सुन्दरतालाई एउटा कथामा बाँधिदिएको मात्र हो’ म्यूजिक भिडियोका निर्देशक राजेश हाडाले भने ।

म्युजिक भिडियोमा अलि हरर फिल पनि दिन खोजिएको छ ।

२०५२ सालमा ‘दि गोल्डन गेट’ नामक म्यूजिक एलबममा रिलिज भएको गीतलाई रि एरेन्ज र रि रीकर्डिङ समेत गरी म्यूजिक भिडियोको रुपमा सार्वजनिक गरिएको हो ।

‘२०५२ सालमा ४ ट्र्याकको रेकर्डिङ मेसीनमा रेकर्ड गरेको थिएँ । अहिले अकस्टिक बाजाहरु नै राखेर नयाँ ढङ्गले फेरी एरेन्ज र रेकर्डिङ गरेको हो’ संगीतकार राजेशले जानकारी दिए ।

म्यूजिक भिडियोमा गीतका संगीतकार, संगीत संयोजक र म्यूजिक भिडियो निर्देशक राजेश हाडाको साथमा कलाकार रन्जना सितिखुले अभिनय गरेका छन् । छायाङ्कन यश हाडाले गरेका छन् भने दृश्य सम्पादन पनि राजेशले नै गरेका छन् ।

गीतमा शब्द हरिहर तिमिल्सिनाको रहेको छ । गीत हाडा ब्रदर्श युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक