पोखरामा रहेको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते

पोखरामा रहेको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते : Icon Khabar

कास्की, फागुन ८  । पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् । सोमबार राति भएको झडपमा बागलुङ, म्याग्दी र स्याङ्जाका एक/एक गरी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार राति १० बजेतिर खाना खाने लाममा बस्ने क्रममा झडप भएको हो । झडपमा घाइतेमध्ये दुई जनालाई टाउकोमा र एक जना सामान्य घाइते भएकोमा उपचारपछि तीनै जना सुधार गृह फर्किसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।

“खाना खाने लाइनामा बस्ने बेला विवाद भयो भन्ने बुझिएको छ । उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्,” रानाले भने “घटनाको थप अनुसन्धान जारी छ । ”

अहिले देशभर आठ वटा बाल सुधार गृह छन् । बाल बिज्याइमा संलग्न साना बालबालिका र किशोरसमेत सँगै राख्दा समस्या भएको जानकारहरू बताउँछन् ।

Author
गोरखापत्र अनलाइन

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक