पोखरामा रहेको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते

पोखरामा रहेको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते : Icon Khabar

कास्की, फागुन ८  । पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् । सोमबार राति भएको झडपमा बागलुङ, म्याग्दी र स्याङ्जाका एक/एक गरी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार राति १० बजेतिर खाना खाने लाममा बस्ने क्रममा झडप भएको हो । झडपमा घाइतेमध्ये दुई जनालाई टाउकोमा र एक जना सामान्य घाइते भएकोमा उपचारपछि तीनै जना सुधार गृह फर्किसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।

“खाना खाने लाइनामा बस्ने बेला विवाद भयो भन्ने बुझिएको छ । उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्,” रानाले भने “घटनाको थप अनुसन्धान जारी छ । ”

अहिले देशभर आठ वटा बाल सुधार गृह छन् । बाल बिज्याइमा संलग्न साना बालबालिका र किशोरसमेत सँगै राख्दा समस्या भएको जानकारहरू बताउँछन् ।

Author
गोरखापत्र अनलाइन

Published Date: 20 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास