अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको अपमान रोक्न अमेरिकीलाई चीनको आग्रह

अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको अपमान रोक्न अमेरिकीलाई चीनको आग्रह : Icon Khabar

बेइजिङ, फागुन ८ । चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गरेका छन् ।

यात्राका लागि वैध कागजात भएका चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ गर्ने गरेको र निर्वासनको सामना गर्नुपरेको बेइजिङले बारम्बार आरोप लगाउँदै आएको छ । गत महिना वासिङ्टनस्थित दूतावासले चिनियाँ यात्रुलाई राजधानीको डुलेस विमानस्थलबाट टाढै रहन भनेको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताको पूर्वसन्ध्यामा वासिङ्टनले ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्नुपर्ने’ बेइजिङले बताएको छ ।

मेयरकाससँगको भेटमा वाङले संयुक्त राज्य अमेरिकालाई ‘चिनियाँ नागरिकहरुले उचित प्रवेश व्यवहार र पूर्ण सम्मानको आनन्द लिने सुनिश्चित गर्न’ आग्रह गरेका थिए । वाङले चीनलाई लागुऔषध ओसारपसार गर्ने वा उत्पादन गर्ने प्रमुख देशको सूचीमा राख्ने अमेरिकी निर्णयलाई ‘सच्याउन’ मेयरकासलाई दबाब दिए ।

हेरोइनभन्दा कैयौं गुणा शक्तिशाली र संयुक्त राज्य अमेरिकामा वर्षेनि ७० हजारभन्दा बढी मानिसको मृत्यु हुने फेन्टानिलको व्यापारमा चीनको संलग्नता रहेको अमेरिकी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् ।गत महिना बेइजिङमा अमेरिकी र चिनियाँ अधिकारीहरूले फेन्टानिल बनाउने सामग्रीको उत्पादन रोक्न सहकार्य गर्न सहमत भएका थिए ।

दुवै पक्षले कानून कार्यान्वयन सहयोग, वैज्ञानिक र अन्य विशेषज्ञहरुबीच प्राविधिक द्विपक्षीय आदानप्रदान, अग्रगामी रसायनहरुको तालिका र बहुपक्षीय सहयोगलाई अगाडि बढाउने सम्बन्धमा पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।वासिङ्टन र बेइजिङले बालबालिकालाई अनलाइन बाल यौन शोषण र दुव्र्यवहारबाट जोगाउने लडाइँमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन् ।

वासिङ्टनले बेइजिङसँग वार्तालाई अघि बढाएपछि चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध विगत एक वर्षमा गहिरो भएको छ ।तर, चीन सरकार अझै पनि उन्नत सेमीकन्डक्टरको निर्यातमा प्रतिबन्ध र चिनियाँ फर्म र व्यक्तिहरुमाथि प्रतिबन्धसहित अमेरिकी उपायहरुको विरोध गर्दछ ।

गत साता म्युनिखमा भएको वार्तामा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले ‘गैरकानुनी एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने’ बताएका थिए । चिनियाँ विदेशमन्त्री वाङले अमेरिकालाई चिनियाँ नागरिकमाथि अवाञ्छित उत्पीडन र सोधपुछ बन्द गर्न पनि आग्रह गरेका छन् ।एएफपी

Published Date: 20 February 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता