सुरू भयो काठमाडौँ महानगरमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने कार्य

सुरू भयो काठमाडौँ महानगरमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने कार्य : Icon Khabar

काठमाडौं, फागुन ८ । काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो ।

फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ ।

घरेलु फोहोर दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी महानगरले २७ नम्बर वडाबाट सुरू गरिएको थियो । ५ हजार जनसंख्या रहेको २७ नम्बर वडमा १ हजार ४ सय घरधुरी छन् । जहाँबाट निस्कने कुहिने फोहोरको मात्रा दैनिक औसत ५ सय केजी छ ।

महानगरका अनुसार २७ नम्बर वडामा फोहोर वर्गीकरण गरेर २१ माघदेखि टेकु ल्याउन थालिएको थियो । त्यसपछि संकलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्म ४ पाइल तयार भइसकेका छन् । संकलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

वडा नम्बर २७ ले फोहोर वर्गीकरण र ढुवानीका लागि निरन्तर निगरानी गरिरहेको छ । उत्पादकलाई वर्गीकरणका लागि प्रोत्साहन गर्ने, सचेतना वढाउने र सहभागी गराउने कामलाई निरन्तर सञ्चालन गरिरहेको छ ।

Published Date: 20 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक