अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक

अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक : Icon Khabar

काठमाडौं, फागुन ८ । अभिनेता दयाहाङ राईको अर्को एउटा नयाँ फिल्म दर्शकमाझ आउन तयार भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शन हुने फिल्म ‘डिग्री माइला’ को टीजर सार्वजनिक भएको छ ।

रामबाबु गुरुङद्वारा निर्देशित यो फिल्मको सार्वजनिक टीजरले छोटो समयमै दर्शकको मन जितेको छ । सोमवार दिउँसो सार्वजनिक भएको टीजरले मंगलवार बिहानसम्म झण्डै तीन लाख पटक हेरिसकिएको छ भने आठ सय बढी प्रतिक्रिया पाएको छ ।

टीजरमा आएका अधिकांश प्रतिक्रियामा दयाहाङ राई र रामबाबु गुरुङको आगामी ब्लकबष्टर फिल्मलाई शुभकामना दिइएको छ भने अभिनेत्री आँचल शर्मासंग दयाहाङको जोडी सुहाएको प्रतिक्रिया दिइएको छ ।

टीजरमा फिल्मका शीर्ष पात्र अर्थात डिग्री माइला बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।

टीजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको पनि देखाइएको छ । टीजरको उत्तराद्धमा दयाहाङले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाख रुपैयाँको जागिर प्रस्ताव लत्याएको भनिरहेको दृश्यसमेत समावेश गरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री उत्तिर्ण भएका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरेको छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।
यो फिल्म सोही नामको नाटकमा आधारित रहेको छ।

साढे तीन मिनेट लामो टीजरमा दयाहाङले आफू सन् २०११ को अंग्रेजी साहित्यको ब्याच टपरका रुपमा दावी गरेको देखाइएको छ । रमाइलो शैलीमा प्रस्तुत गरिएको टीजरले ट्रेलर तथा फिल्मप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससंग मिलेर यो फिल्म निर्माण गरेको हो ।

यो फिल्ममा दयाहाङ र आँचल शर्मासहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।

यो फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

यो फिल्ममा नेमिष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। यो फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका हुन् ।

Published Date: 20 February 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता