भक्तपुरमा तरलता व्यवस्थापन तालिम सम्पन्न

भक्तपुरमा तरलता व्यवस्थापन तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन ६ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा भक्तपुरमा एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न भयो।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर मात्र हुदैंन तरलताको गुणस्तर पनि हेर्नु पर्ने बताए। हाल प्रतिवेदनमा तरलता पुगेको देखिएता पनि रकम फिर्ता दिन नसकेका थुप्रै उदाहरण देखिनुकोे कारण अन्तर सहकारी समानान्तर कारोबार रहेको उनले बताए।

संघका सचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक इन्द्र प्रसाद व्यन्जुले सिकेका ज्ञान संस्थामा लागु गर्न र सिकेको कुराहरु सहकर्मीहरुलाई सिकाउनुपर्ने विचार व्यक्त गरे। उनले सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्नुहुँदैन । यसले गर्दा झन तरलता संकट हुने कुरा जानकारी गराए।

संघका व्यवस्थापक बालकृष्ण धोजु हाल समुदायमा आधारित सहकारी संस्थामा ऋण लगानी हुन नसक्दा अधिक तरलता भएको अवस्थामा तरलताको सहि व्यवस्थापन गरेर पनि संस्था संचालन गर्न सकिने बताए।

तालिमको सहजकर्ता कवि न्यौपानेले तरलता संकट, अधिक तरलताको व्यवस्थापन, स्प्रेदर गणना विधि लगायतको विषयमा प्रशिक्षण दिए । तालिममा सदस्य संस्थामा कार्यरत ३२ जना कोषाध्यक्ष, व्यवस्थापक एवम् कर्मचारीहरुको सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2024
Website | + posts