ख्वप विश्वविद्यालयबारे विज्ञहरुसँग छलफल गरिने

ख्वप विश्वविद्यालयबारे विज्ञहरुसँग छलफल गरिने : Icon Khabar

काठमाडौँ, फागुन ४ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विश्वविद्यालय अझ राम्रो बनाउनको लागि विज्ञहरुसँग छलफल गर्ने बताएका छन् ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारि गर्न समितिलाई अनुरोध गरेका छन् । उनले नगरपालिकाले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरु सञ्चालन गर्दै आएको भन्दै ती संस्थाहरुलगायत अन्य संस्थालाई समेटेर ख्वप विश्वविद्यालय सञ्चालन गर्न लागेको बताए ।

उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत विषयमा उदाहरणीय कार्य गर्दै देशभरका विद्यार्थीहरुलाई कम शूल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको पनि बताए ।

शुक्रबार समितिमा भएको बैठकमा उनले विश्वविद्यालय विकास गर्ने कुरामा सबैको धारणा आवश्यक भएको भन्दै थप छलफलको लागि विज्ञहरुलाई बोलाउने बताएका हुन् । उनले भने, ‘विश्वविद्यालय बनाउन सरकारले चाहेको छ । यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ हामी अघि बढ्नुपर्छ । त्यसको लागि केही विज्ञहरु बोलाएर छलफल गर्ने निष्कर्षमा पुगेका छौं । विश्वविद्यालय बनाउने कुरामा, सोचका बारेमा हामीले छलफल गर्नुपर्छ । यस सम्बन्धमा सबै जनाको अवधारणा आवश्यक हुन्छ ।’

यस्तै, उनले छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, बद्री पाण्डे र राम प्रकाश चौधरीसँगको परामर्श र सल्लाहामा विज्ञ बोलाउने छलफल गर्ने र राय सुझाव लिन लागेको बताए ।

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो ।

Published Date: 16 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास