आज नेप्से र कारोबार रकम दुबै घट्यो

आज नेप्से र कारोबार रकम दुबै घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ३ । बिहीबार नेप्से परिसूचक १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०५ स्टकको ८१ हजार ५६ पटकको कारोबारमा ३ बर्अ ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, समाज लघुवित्तको साढे ११ करोड बराबरको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम साढे १० करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो। बुधबार सर्वाधिक बढेको वित्त उपसमूहको परिसूचक आज सर्वाधिक २.७१ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2024
Website | + posts