मोन्टिको आगमनपछि घरेलु ओडीआईमा नेपालको पहिलो हार

मोन्टिको आगमनपछि घरेलु ओडीआईमा नेपालको पहिलो हार : Icon Khabar

काठमाडौँ, फागुन ३ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भयो । यससँगै प्रशिक्षक मोन्टि देशाइको आगमनपछि नेपालले घरेलु ओडीआईमा पहिलो हार बेहोरेको छ ।

ठिक एक वर्षअघि नामिबियाकै खेलबाट नेपालले मोन्टि देशाइको प्रशिक्षणमा लिग-२ को यात्रा सुरु गरेको थियो । लिग-२ अन्तिम १२ खेलमध्य ८ खेल घरेलु मैदानमा खेलेको नेपालले सबै खेल जितेको थियो । त्यसबेला फेब्रुअरीको सिरिजमा नामिबिया र स्कटल्यान्डलाई २-२ खेल जितेको नेपालले यूएई भ्रमणमा पनि ४ मध्य ३ खेल जित्यो ।

मार्चमा भएको लिग-२ को अन्तिम सिरिज घरेलु मैदानमा खेलेको नेपालले त्यसमा पनि लगातार ४ जित निकाल्यो । समग्रमा घरेलु मैदानमा लिग-२ को ८ ओडीआई जितेको नेपालले त्यसपछि प्रिमियर कपमा पनि दुई ओडीआई जित्यो ।

प्रिमियर कपको समूह चरणमा ओमान र फाइनलमा यूएईलाई हराउँदै नेपालले शत प्रतिशत जितको सिलसिला कायम राखेको थियो । उक्त प्रतियोगिताको अन्य खेल भने ओडीआई मान्यता प्राप्त थिएनन् ।

गत साता नेपालले क्यानडाविरुद्ध लगातार ३ ओडीआई जित्दै सिरिज क्लिनस्विप गर्यो । देशाइको प्रशिक्षणमा नेपालले १३ ओडीआईमा शत प्रतिशत जित निकाल्यो ।

देशाइ आउनुअघि पनि नेपालले टियु मैदानमा नोभेम्बर २०२२ को यूएईविरुद्ध सिरिजमा लगातार दुई खेल जितेको थियो । त्यसबेला पहिलो खेल हारेको नेपालले त्यसपछि भने दुई खेल जित्दै २-१ ले सिरिज जितेको थियो । समग्रमा नेपालले टियु मैदानमा लगातार १५ ओडीआईमा जित हासिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु