मोन्टिको आगमनपछि घरेलु ओडीआईमा नेपालको पहिलो हार

मोन्टिको आगमनपछि घरेलु ओडीआईमा नेपालको पहिलो हार : Icon Khabar

काठमाडौँ, फागुन ३ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भयो । यससँगै प्रशिक्षक मोन्टि देशाइको आगमनपछि नेपालले घरेलु ओडीआईमा पहिलो हार बेहोरेको छ ।

ठिक एक वर्षअघि नामिबियाकै खेलबाट नेपालले मोन्टि देशाइको प्रशिक्षणमा लिग-२ को यात्रा सुरु गरेको थियो । लिग-२ अन्तिम १२ खेलमध्य ८ खेल घरेलु मैदानमा खेलेको नेपालले सबै खेल जितेको थियो । त्यसबेला फेब्रुअरीको सिरिजमा नामिबिया र स्कटल्यान्डलाई २-२ खेल जितेको नेपालले यूएई भ्रमणमा पनि ४ मध्य ३ खेल जित्यो ।

मार्चमा भएको लिग-२ को अन्तिम सिरिज घरेलु मैदानमा खेलेको नेपालले त्यसमा पनि लगातार ४ जित निकाल्यो । समग्रमा घरेलु मैदानमा लिग-२ को ८ ओडीआई जितेको नेपालले त्यसपछि प्रिमियर कपमा पनि दुई ओडीआई जित्यो ।

प्रिमियर कपको समूह चरणमा ओमान र फाइनलमा यूएईलाई हराउँदै नेपालले शत प्रतिशत जितको सिलसिला कायम राखेको थियो । उक्त प्रतियोगिताको अन्य खेल भने ओडीआई मान्यता प्राप्त थिएनन् ।

गत साता नेपालले क्यानडाविरुद्ध लगातार ३ ओडीआई जित्दै सिरिज क्लिनस्विप गर्यो । देशाइको प्रशिक्षणमा नेपालले १३ ओडीआईमा शत प्रतिशत जित निकाल्यो ।

देशाइ आउनुअघि पनि नेपालले टियु मैदानमा नोभेम्बर २०२२ को यूएईविरुद्ध सिरिजमा लगातार दुई खेल जितेको थियो । त्यसबेला पहिलो खेल हारेको नेपालले त्यसपछि भने दुई खेल जित्दै २-१ ले सिरिज जितेको थियो । समग्रमा नेपालले टियु मैदानमा लगातार १५ ओडीआईमा जित हासिल गरेको हो ।

Published Date: 15 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास