ललितले लिए नामिबियाका दुवै ओपनरको विकेट

ललितले लिए नामिबियाका दुवै ओपनरको विकेट : Icon Khabar

काठमाडौँ, फागुन ३ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपाललाई पहिलो सफलता दिलाएका ललित राजवंशीले नै दोस्रो सफलता दिलाएका हुन्।

उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए।ललितले १४औं ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा अनिल साहको हातबाट गराएका हुन्। नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ।

Published Date: 15 February 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय