फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट : Icon Khabar

काठमाडौँ, फागुन ३ । सर्बोत्तम सिमेन्ट कम्पनी लिमिटेडले फागुग १३ गतेदेखि सर्बसाधारणका लागी बुक बिल्डिङबाट आईपिओ बिक्रि खुला गर्ने भएको छ । बुक बिल्डिङबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन गर्नुपर्नेछ ।

कम्पनीले सर्बसाधारणका लागि ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्काशन गर्न लागेको हो । यसरी हेर्दा यस कम्पनीको आईपीओमा आवेदन गर्दा लगानीकर्ताको बैंक खातामा न्यूनतम १८ हजार ५ रुपैयाँ मौज्दात हुन पर्नेछ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बिक्रि गरेको थियो । संस्थागत लगानीकर्ताहरुको मूल्यमा सर्वसाधारणलाई १० प्रतिशत छुट हुने व्यबस्था बमोजिम कम्पनीको आईपीओको मूल्य ३६०.१० रुपैयाँ कायम गरिएको हो ।

कम्पनीले फागुन १३ गतेदेखि स्थानिय बासिन्दाहरुबाट आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Published Date: 15 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक