नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै : Icon Khabar

काठमाडौँ, फागुन ३ ।  आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दैछन् ।

नामिबियाले टस जितेर फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्दैछ । नेपालले आज विकेटकिपर ब्याटर अनिल शाह र आसिफ शेख दुवैलाई खेलाएको छ । किपिङ आसिफले गर्नेछन् ।

शीर्षक्रममा कुशल भुर्तेल र आसिफ आउँदा अनिलले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । यसबाहेक रोहित पौडेल, कुशल मल्ल, भीम सार्की र पवन सर्राफ मध्यक्रममा छन् ।

गुलशन झा अलराउन्डरको रुपमा रहँदा सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशीले बलिङ सम्हाल्नेछन् । पवन र कुशल स्पिन विकल्पमा हुनेछन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी,

बेन्च : सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज

Published Date: 15 February 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता