नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै : Icon Khabar

काठमाडौँ, फागुन ३ ।  आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दैछन् ।

नामिबियाले टस जितेर फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्दैछ । नेपालले आज विकेटकिपर ब्याटर अनिल शाह र आसिफ शेख दुवैलाई खेलाएको छ । किपिङ आसिफले गर्नेछन् ।

शीर्षक्रममा कुशल भुर्तेल र आसिफ आउँदा अनिलले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । यसबाहेक रोहित पौडेल, कुशल मल्ल, भीम सार्की र पवन सर्राफ मध्यक्रममा छन् ।

गुलशन झा अलराउन्डरको रुपमा रहँदा सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशीले बलिङ सम्हाल्नेछन् । पवन र कुशल स्पिन विकल्पमा हुनेछन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी,

बेन्च : सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता