अनिल साह र भीम सार्कीको सानदार शतकमा क्यानडाविरुद्ध नेपालको ‘क्लिन स्वीप’

अनिल साह र भीम सार्कीको सानदार शतकमा क्यानडाविरुद्ध नेपालको ‘क्लिन स्वीप’ : Icon Khabar

काठमाडौँ, माघ २९ । ओपनर अनिल साह र भीम सार्कीको शतकमा घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ । सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडामाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर साहले सर्वाधिक रनको शतकीय इनिङ खेले । सुरुवात देखि नै आक्रमक रुपमा उत्रिएका उनले १२ चौका र २ छक्का प्रहार गरे । खेलको दोस्रो ओभरमा अनिलले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक पनि हो ।

यसअघि क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका अनिलले सोही दिन अर्धशतकको कीर्तिमान बनाएका थिए । १९ बलमा अर्धशतक पूरा गर्दै उनले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका थिए । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो ।

त्यस्तै, भीम सार्कीले पनि सानदार शतकीय इनिङ खेले । १२९ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनको पनि यो अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक हो । उनीहरुको साझेदारी उत्कृष्ट रह्यो । चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका लागि भीम र अनिलले सानदार पारी खेले । चौथो ओभरको पाँचौं बलमा भुर्तेल १३ रन जोड्दै आउट भए । उनलाई डिलोन हेलिगरले बोल्ड गरेका थिए । त्यसपछि क्यानडाका बलरसामू भीम र अनिल भारी भए ।

Published Date: 12 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय