क्यानडाले नेपाललाई दियो २३३ रनको मध्यम लक्ष्य

क्यानडाले नेपाललाई दियो २३३ रनको मध्यम लक्ष्य : Icon Khabar

काठमाडौँ, माघ २९ । घरेलु टोली नेपाललाई क्यानडाले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो । क्यानडाका लागि नवनीद धलिवालले अर्धशतकीय इनिङ खेले । ८२ बल खेलेका उनले ५ चौकाको मदतमा ५० रन जोडे । सुरुवातमै धर्मराएको क्यानडाका लागि उनको इनिङ महत्वपूर्ण थियो ।

त्यस्तै, निखिल दत्तले ४५ रन जोडे । रनआउट हुँदा अर्धशतकबाट भने चुके । साथै हर्ष ठाकर २९ रन, श्रेयास मोभा २५ रन तथा श्रीमन्थ विजयेन्ते २२ रनमा क्याच आउट भए । कप्तान साद बिन जाफर ३१ रनमा अविजित रहे । उनको फिनिसिङ उत्कृष्ट रह्यो । १५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । आज मात्रै सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट उनले ओडीआई डेब्यु गरेका हुन् । ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर ३ विकेट लिएका हुन् । साथै कुशल मल्लले २ विकेट लिँदा आकाश चन्द र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । यता क्यानडा पनि अन्तिम खेलमा जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

Published Date: 12 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास