चौधरीलाई ‘दुई दिनभन्दा बढी थुनामा नराख्न’ आदेश दिने न्यायाधीश मुगु सरुवा

चौधरीलाई ‘दुई दिनभन्दा बढी थुनामा नराख्न’ आदेश दिने न्यायाधीश मुगु सरुवा : Icon Khabar

काठमाडौँ, माघ २९ । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । उनको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई ल्याइएको छ ।

प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो ।

न्यायधीस आचार्यले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने उल्लेख गरेका थिए ।

२५ गतेदेखि डडेलधुरालगायत सुदूर पश्चिमका जिल्ला अदालतको अनुगमन भ्रमण सकेर सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा राजधानी फर्कन समय लाग्ने र न्याय परिषद बैठक तत्काल बस्न नसक्ने हुँदा काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गत बुधबारको विवादास्पद आदेशका निम्ति ठाउँको ठाउँ सजाय पाएको स्रोतको दाबी छ । प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वत: प्रमाणित भएको छ ।
Published Date: 12 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय