नेपालले टस जित्यो

नेपालले टस जित्यो : Icon Khabar

काठमाडौँ, माघ २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुवै खेल जितेर २-० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा हुनेछ ।

कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ ।

पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् । हेमन्त डेब्यु गर्दैछन् ।

क्यानडाले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालको प्लेइङ ११: अनिल शाह, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, ललित नारायण राजवंशी

बेन्च : सुर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख

क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त

Published Date: 12 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक