आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि : Icon Khabar

काठमाडौँ, माघ २९ । आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि उचालेको छ । गएराती सम्पन्न फाइनलमा नाइजेरिया माथि २-१ को पुनरागमन जित निकाल्दै आइभोरी कोस्टले तेस्रो पटक उपाधि उचालेको हो ।

आइभोरी कोस्टका लागि फ्रान्क केस्सी र सेबास्टियन हालेरले एक-एक गोल गरे ।

खेलको ३८औ मिनेटमा नाइजेरियाले कप्तान विलियम ट्रुस्ट-एकंगको हेडर गोलको मद्दतले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा दुई गोल खान पुगेपछि नाइजेरियाले उपाधि सुम्पिन पुग्यो ।

६२औ मिनेटमा साइमन एडिन्ग्राको कर्नर किकमा फ्रान्क केस्सीले फार-पोस्टमा गोल फ्रि-हेडर प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । ८१औ मिनेटमा एडिन्ग्राकोकै क्रसमा सेबास्टियन हालेरले राम्रो फिनिश गर्दै पुनरागमन गर्दै उपाधि जित्न सफल भयो ।

यो आइभोरी कोस्टको तेस्रो एफ्कन उपाधि हो । यसअघि आइभोरी कोस्टले १९९२ र २०१५ मा उपाधि उचालेको थियो । –एजेन्सी

Published Date: 12 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक