आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

आइभरी कोष्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि : Icon Khabar

काठमाडौँ, माघ २९ । आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि उचालेको छ । गएराती सम्पन्न फाइनलमा नाइजेरिया माथि २-१ को पुनरागमन जित निकाल्दै आइभोरी कोस्टले तेस्रो पटक उपाधि उचालेको हो ।

आइभोरी कोस्टका लागि फ्रान्क केस्सी र सेबास्टियन हालेरले एक-एक गोल गरे ।

खेलको ३८औ मिनेटमा नाइजेरियाले कप्तान विलियम ट्रुस्ट-एकंगको हेडर गोलको मद्दतले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा दुई गोल खान पुगेपछि नाइजेरियाले उपाधि सुम्पिन पुग्यो ।

६२औ मिनेटमा साइमन एडिन्ग्राको कर्नर किकमा फ्रान्क केस्सीले फार-पोस्टमा गोल फ्रि-हेडर प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । ८१औ मिनेटमा एडिन्ग्राकोकै क्रसमा सेबास्टियन हालेरले राम्रो फिनिश गर्दै पुनरागमन गर्दै उपाधि जित्न सफल भयो ।

यो आइभोरी कोस्टको तेस्रो एफ्कन उपाधि हो । यसअघि आइभोरी कोस्टले १९९२ र २०१५ मा उपाधि उचालेको थियो । –एजेन्सी

Published Date: 12 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास