शिवम् सिमेन्ट्सको बिक्री आम्दानी बढ्यो, नाफा भने घट्यो

शिवम् सिमेन्ट्सको बिक्री आम्दानी बढ्यो, नाफा भने घट्यो : Icon Khabar

काठमाडौं, माघ २७ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६७.६७ प्रतिशत घटेर १४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको बिक्री लागत तथा अन्य खर्च बढेको र अन्य आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.५२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४७.४० प्रतिशत घटेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ७.६७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.८३ गुणा रहेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

Published Date: 10 February 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड