लगातर विकेटसँगै नेपाल खेलमा फर्कंदै

लगातर विकेटसँगै नेपाल खेलमा फर्कंदै : Icon Khabar

काठमाडौं, माघ २७ । कप्तान रोहितकुमार पौडेलले लगातार २ विकेट लिएसँगै क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा नेपाल खेलमा फर्किएको छ ।

टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले लगातार विकेट लिँदै खेलमा फर्कने संकेत दिएको छ । ४० ओभरको समाप्तिमा क्यानडाले ६ विकेट गुमाएर २ सय १५ रन जोडेको छ ।

ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

Published Date: 10 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक